तस्बिरहरूमा ‘चेर्दुङ’ हिलस्टेसन
ratopati.com · Thu May 28 18:05:49 GMT 2026

काठमाडौं । दोलखा जिल्लाका रमणीय जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित हिलस्टेसन चेर्दुङ (३,६९० मिटर) को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्बिरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको छ ।
एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ शीर्षक तीन दिने प्रदर्शनीमा लामाले खिचेका ३१ ओटा तस्बिरहरू राखिएका छन् । तस्बिरहरूमा गौरीशङ्कर हिमसृङ्खला, जीवनशैली, जिरी उपत्यका, झ्याँकु गाउँ, साइक्लिङ, संस्कृति आदिका प्रतिबिम्ब छन् ।
Read full story at source (ratopati.com)