जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो
khabarhub.com · Sun Sep 13 13:23:27 GMT 2026

त्रिवेणी – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा जिप दुर्घटना हुँदा मृत्यु हुने तथा घाइते सबैको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की १६ वर्षीया प्रेमकला पुन रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
Read full story at source (khabarhub.com)