१५ किलो अफिमसहित बर्दियामा दुई महिला पक्राउ
gorkhapatraonline.com · Sun Jun 21 14:14:37 GMT 2026

बर्दियाको बाँसगढी नगरपालिकाबाट १५ किलोग्राम ३४० ग्राम अवैध लागूऔषध अफिमसहित दुई जना महिला पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा नं. ४ निवासी ३० वर्षीया सन्ध्या घर्ती र बाँसगढी नगरपालिका वडा नं. ३ बस्ने ४२ वर्षीया मिना रोकाय रहेका छन् । बाँसगढी नगरपालिका वडा नं. ३ उत्तरभकारीमा अफिमको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई उक्त परिमाणको अफिम सहित फेला पारेको हो ।
Read full story at source (gorkhapatraonline.com)