सिरहामा ९७ ग्राम ब्राउन सुगरसहित चार युवक पक्राउ
ratopati.com · Sun Sep 13 14:28:24 GMT 2026

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले गोलबजार नगरपालिका–१२, बेतौनाबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले ९७ ग्राम ५३ मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)