१४ औं महाधिवेशनबाट निर्वाचित सदस्यलाई १५ औं महाधिवेशनमा समेट्ने कांग्रेसकाे निर्णय
annapurnapost.com · Sun Sep 13 15:11:33 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनमा समेट्ने निर्णय गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। निर्णयअनुसार विशेष केन्द्रीय महाधिवेशनपूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका तथा विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक प्रबन्ध गरिने भएको छ। पार्टीमा कुनै पनि असन्तुष्टि बाँकी नरहोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटेर अघि बढ्न लागिएको कांग्रेसले स्पष्ट पारेको छ।
Read full story at source (annapurnapost.com)