गगन थापालाई समर्थन गरेकोमा मिराज ढुङ्गानाले गरे आत्मालोचना
nepalpress.com · Sun Jun 21 16:10:18 GMT 2026

काठमाडौँ । जेनजी अगुवा मिराज ढुङ्गानाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनावमा गरेको समर्थनप्रति ‘आत्मालोचना’ गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका अवसरमा शुभकामना सन्देश दिनेक्रममा उनले पुराना दलहरू सुध्रिने सम्भावना नदेखेको भन्दै थापाको आलोचना गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने र सो पार्टीलाई ‘आशाको समर्थन’ र शुभकामना दिँदै ढुङ्गानाले गगन थापाले रास्वपालाई दिएको शुभकामना सन्देश उनैलाई ‘फरवार्ड’ गर्न चाहेको उल्लेख गरेका छन् । गगन थापाले आफ्नो पार्टी सुदृढ र सङ्गठित गर्ने आवश्यकता बढी देखिएको उनकाे टिप्पणी छ ।
Read full story at source (nepalpress.com)