बाढी पीडितका लागि युएईका नेपालीले दिए करिब २४ लाख
annapurnapost.com · Sun Sep 13 15:18:51 GMT 2026

दुबई : नेपालमा आएको भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित परिवारको सहयोगका लागि यूएईमा रहेको संस्था नेपाली समाज र आबद्ध विभिन्न संघसंस्थाले ५७ हजार ७७७ दिराम (करिब २४ लाख रुपैयाँ) सहयोग गरेका छन्।
उक्त रकम आइतबार १३ सेप्टेम्वरका दिन नेपाली महावाणिज्यदूतावासलाई हस्तान्तरण गरिएको छ। नेपाली समाज यूएई तथा त्यससँग आबद्ध संघसंस्थाहरूको पहलमा संकलन भएको उक्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरी छिट्टै नेपाल पठाइने जनाइएको छ।
Read full story at source (annapurnapost.com)