कृष्णभीर सडक सञ्चालनमा आउने बित्तिकै ग्यास सहज हुने
reportersnepal.com · Sun Sep 13 16:01:08 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले कृष्णभीर सडक सञ्चालनमा आउने बित्तिकै ग्यास सहज हुने बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै निगमले यस्तो बताएको हो ।
‘हाल कृष्णभीरको पहिरोको कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगहरूमा ग्यास रिफिल गरेर काठमाडौंमा वितरण भइरहेको छ । बाटो सञ्चालनमा आए लगत्तै ग्यास बुलेट नियमित रूपमा आउनेछन् । उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउँदा अवस्था सहज हुँदै जानेछ,’ निगमले भनेको छ ।
Read full story at source (reportersnepal.com)