म्यानचेस्टर सिटीको शानदार जित, ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा
ratopati.com · Fri Aug 28 23:13:37 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ४–१ को सहज जित दर्ता गरेको छ । यो जितसँगै म्यानचेस्टर सिटी लिगमा लगातार दुई खेल जित्दै ६ अंकका साथ अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा सिटीलाई जिताउन स्टार स्ट्राइकर अर्लिङ हालान्ड र रायन चर्कीले समान २–२ गोल गरे । हालान्डले खेलको १७ औँ र ८४ औँ मिनेटमा गोल गरे भने चर्कीले ५४ औँ र ५९ औँ मिनेटमा गोल थपेका थिए ।
Read full story at source (ratopati.com)