कांग्रेस महाधिवेशनको उद्घाटन सत्र खुला मञ्चमा हुने
ratopati.com · Sun Sep 13 16:23:55 GMT 2026

काठमाडौँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र खुला मञ्चमा हुने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले असोज १६ गते दिउँसो १ बजे पार्टीको १५औँ महाधिवेशन खुला मञ्चमा उद्घाटन गर्ने निर्णय गरेको हो।
बैठकपछि महामन्त्री प्रदीप पौडेलले जारी गरेको विज्ञप्तिमा महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न असोज ३ गतेबाट सुरु हुने वडा अधिवेशनमा सबै क्रियाशील सदस्य को सहभागिताका लागि अनुरोध गरिएको छ।
Read full story at source (ratopati.com)