चौध वर्षमा पनि बनेन लम्सुवाघाट पुल
deshsanchar.com · Wed Feb 05 17:45:10 GMT 2025

भोजपुर – उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ। करिब चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो।
लम्सुवाघाटमा वि।स। २०६७ सालबाट पुल निर्माण थालिएको थियो। छ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए।“पुल निर्माणको काम १४ वर्षबाट अलपत्र छ” वडाध्यक्ष विसुन्केले भने,“राज्यको करिव रु। चार करोड खर्चपछि काम अलपत्र पारिएको अवस्था छ। यो पुल बनिदिए स्थानीयबासीलाई राहत हुने थियो।”
Read full story at source (deshsanchar.com)