नुवाकोटको कार दुर्घटनामा एक जनाको मृत्यु
onlinekhabar.com · Thu May 28 23:55:31 GMT 2026

१५ जेठ, नुवाकोट । नुवाकोटमा बिहीबार साँझ भएको कार दुर्घटना मा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)