इङ्ग्ल्यान्ड चम्केको विश्वकप
gorkhapatraonline.com · Fri May 29 00:29:04 GMT 2026
अमेरिकाले विश्वकप आयोजना गर्ने दाबी गरे पनि भियतनाम युद्धमा उसको संलग्नताका कारण इङ्ग्ल्यान्डले अवसर पायो । फुटबलको जन्मभूमि इङ्ग्ल्यान्डमा फुटबलको महाकुम्भ फर्कियो र यस अवसरमा उसले ट्रफी पनि उचाल्यो । पूर्वखेलाडी तथा इङ्ग्ल्यान्डको टिमका मेनेजर अल्फ्रेड अर्नेस्ट रामसेले सन् १९६३ मा पदभार समालेसँगै भविष्यवाणी गर्नुभएको थियो, अबको च्याम्पियन इङ्ग्ल्यान्ड हो ।
तर इङ्ग्ल्यान्डमा भरोसा गर्न नसक्नेहरू पनि थिए किनभने युसेयिबो, होजे टोरेस र मारियो कोलुना जस्ता हस्ती हुनुहुन्थ्यो भने पश्चिम जर्मनी र सोभियत सङ्घसँग नयाँ पुस्ताको उत्कृष्ट टिम थियो । अर्कोतिर पेलेको ब्राजिललाई कम आँक्न सक्ने अवस्था थिएन ।
Read full story at source (gorkhapatraonline.com)