जिप दुर्घटनामा एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Fri May 29 00:34:31 GMT 2026

नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ। गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे-टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्ज्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी-२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो। उनलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए। साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)