रास्वपा गुल्मीद्वारा चार पालिकामा नयाँ नेतृत्व चयन
gorkhapatraonline.com · Fri May 29 00:52:06 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीले जिल्लाका चार स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपा गुल्मीका सभापति भोजराज पाण्डेका अनुसार धुर्कोट गाउँ कार्यसमितिको सभापतिमा राजेन्द्र पोख्रेलसहित सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
त्यस्तै छत्रकोट गाउँ कार्यसमितिको सभापतिमा रामकृष्ण न्यौपानेसहित नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । चन्द्रकोट गाउँ कार्यसमितिको सभापतिमा कमल खत्रीसहित नयाँ कार्यसमिति गठन भएको छ ।
Read full story at source (gorkhapatraonline.com)