आज गणतन्त्र दिवस, सार्वजनिक बिदा
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ । जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । यसै उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
वि.सं. २०६२/६३ को जनआन्दोलनको जगमा स्थापित यस दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । आजै बिहान काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गणतन्त्र मूल समारोह समितिद्वारा विशेष समारोह आयोजना गरिँदैछ ।
Read full story at source (hamrakura.com)