कूल जनसङ्ख्याको २० दशमलव २७ प्रतिशत जनसङ्ख्या अझै गरिबीको रेखामुनि
lokaantar.com

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको हो । जनताको जीवनस्तर मापन गरी देशमा रहेको गरिबीको अवस्था थाहा पाउनका लागि जीवनस्तर सर्वेक्षण सञ्चालन गरिन्छ ।
प्रतिवेदनमा नसर्ने रोग बढ्दै गएको देखाएको छ । तेस्रो सर्वेक्षणमा ११ दशमलव सात प्रतिशत रहेकामा हाल यसको अवस्था १८ दशमलव पाँच प्रतिशत पुगेको छ । सबैभन्दा धेरै रक्तचापका १९ दशमलव आठ प्रतिशत, पेटसम्बन्धी रोग १४ दशमलव सात प्रतिशत, मधुमेह नौ दशमलव तीन प्रतिशत, श्वासप्रश्वासम्बन्धी रोग आठ दशमलव छ प्रतिशत छ ।
Read full story at source (lokaantar.com)