सगरमाथा दिवसको अवसरमा प्रभातफेरी (तस्बिरहरू)
ratopati.com · Fri May 29 02:24:49 GMT 2026

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने ‘सगरमाथा दिवस’ का अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरी गरी जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रम गरिएको छ ।
उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा सगरमाथा आरोहण, पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिवादन समेत गरिएको थियो ।
Read full story at source (ratopati.com)