इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
barnanmedia.com · Sun Jun 21 22:08:49 GMT 2026

इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहसँगको कमजोर युद्धविरामका बिच उत्तरी सीमा क्षेत्रमा लगाइएका युद्धसम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ ।
इजरायली सेनाका अनुसार सोमबार, २२ जुन २०२६ को बिहान ६ बजेदेखि ‘कन्फ्रन्टेसन लाइन’ (द्वन्द्व क्षेत्र) मा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइनेछन् । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बिहानदेखि सीमावर्ती समुदायहरू ‘आंशिक गतिविधि’ को स्तरबाट अब कुनै प्रतिबन्ध बिना ‘पूर्ण गतिविधि’ को स्तरमा फर्किनेछन् ।’
Read full story at source (barnanmedia.com)