फाइनल प्रवेशका लागि आज झापा र मोरङ भिड्दै
nepalviews.com · Fri May 29 02:46:17 GMT 2026
काठमाडौं । धनकुटामा जारी १८औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज (शुक्रबार) हुँदैछ। धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ४ बजेपछि सुरु हुने उक्त खेलमा बिर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ।
आजको खेलको विजेता टोलीले शनिबार हुने फाइनल उपाधिका लागि बिहीबार नै फाइनल पुगिसकेको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ।
Read full story at source (nepalviews.com)