अमेरिकाको सफोल्क काउन्टीले महाप्रबन्धक बस्नेतलाई गर्यो सम्मान
annapurnapost.com · Fri May 29 03:10:18 GMT 2026

न्युयोर्क : अमेरिकाको सफोल्क काउन्टीका लेजिस्लेटर स्यामुएल गोन्जालेजले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मान प्रदान गरेका छन्।न्यूयोर्कमा आयोजित एक समारोहका बीच नवौँ लेजिस्लेटिभ डिस्ट्रिक्टका तर्फबाट लेजिस्लेटर गोन्जालेजले पत्रकारिता र सञ्चार क्षेत्रको माध्यमबाट नेपाली समुदायमा विशिष्ट योगदान पुर्याएको भन्दै बस्नेतलाई सम्मान प्रदान गरेका हुन्।
बस्नेतले लामो समयदेखि मिडिया उद्योगमार्फत नेपाली र हिन्दू डायस्पोरामा पत्रकारिताको सीप र दक्षता विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सम्मान पत्रमा उल्लेख गरिएको छ। सम्मान प्रदान गर्दै लेजिस्लेटर गोन्जालेजले भने, ‘बस्नेतले पत्रकारितामा सत्य र तथ्यको महत्वलाई स्थापित गर्दै पछाडि पारिएका नेपाली आवाजहरूलाई मूलधारमा ल्याउन र उनीहरूको कथालाई विश्वसामु पुर्याउन उत्प्रेरकको भूमिका निर्वाह गर्नुभएको छ। उहाँको कार्यले नयाँ पुस्तालाई पत्रकारिता र सञ्चार क्षेत्रमा लाग्न ठूलो प्रेरणा दिएको छ।’
Read full story at source (annapurnapost.com)