सेयर बजारमा निषेधाज्ञाको छैन प्रभाव, बजारमा हेल्दी करेक्सन
ratopati.com
काठमाडौं । निषेधाज्ञाले सम्पूर्ण क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अहिले पनि दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस पटकको सेयर बजार सामन्य अवस्था जस्तै भएकाले बजार हेल्दी करेक्सनमा गएको सेयर विश्लेषक डा.केशव श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘बजार बढ्ने, घट्ने भइरहेको छ । धेरै–धेरै बढ्ने, थोरै थोरै घट्ने गरेर बजार हेल्दी करेक्सनतिर गएको छ ।’ यद्यपि यो समय ट्रेडिङ गर्ने बेला नभएको तर दीर्घकालीन लगानीकर्ताले सेयर लिएर राख्दा भने उत्तम हुने उनले बताए ।
वैशाखमा निषेधाज्ञा हुनुभन्दा अघि बजारमा एकै दिन साढे आठ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । तथापि, निषेधाज्ञा जारी भएपछि पनि बजारमा साढे सात अर्ब रुपैयाँ सम्मको सेयर कारोबार भयो । बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ०.५६ प्रतिशतले बृद्धि हुँदा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । नेप्से २७.४७ अंकले बढेर २६७३.३१ अंकमा पुगेको थियो । यस दिन कारोबार भएका सात समूहको परिसूचक उकालो लागेका छन् भने ६ वटा समूहको परिसूचक ओरालो लागेको छ ।
Read full story at source (ratopati.com)