पूर्वपश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलासुस्ती, सिराहबासीले गरे राजमार्ग अवरुद्ध
kendrabindu.com · Fri May 29 04:00:24 GMT 2026

सिरहा । पूर्वपश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलासुस्ती, सिराहबासीले गरे राजमार्ग अवरुद्ध गोलबजार नगरपालिका-४ स्थित निपनियामा स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
स्थानीय नागरिक, व्यवसायी र नेताहरुले आज शुक्रबार बिहान पनि साढे एक घण्टा सडक अवरुद्ध गराएका हुन् । स्थानीयहरूका अनुसार ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का लिएको करिब ७ वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न नसक्दा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको छ ।
Read full story at source (kendrabindu.com)