आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल
barnanmedia.com · Sun Jun 21 23:54:57 GMT 2026

पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् ।
मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । माङहिम परिसरमा सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको हो ।
Read full story at source (barnanmedia.com)