गणतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनमा परिवर्तन आउनु हो : मुख्यमन्त्री बानियाँ
ratopati.com · Fri May 29 04:42:06 GMT 2026

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विगतका गल्ती कमजोरी सुधार गर्दै नागरिकको अधिकार प्राप्तिमा क्रियाशील हुनुपर्ने बताए ।
उनका अनुसार सङ्घीयताको रक्षाको चुनौती सम्बोधनमा वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । पछिल्लो समय जनतामा, विशेष गरी युवाहरूमा बढेको असन्तुष्टि र केही उपलब्धि भएको छैन भन्ने गलत भाष्य चिर्नु आवश्यक रहेको उनले बताए । राजनीतिक दल र सरकारको नेतृत्वमा पुगेकाहरूको व्यवहार र शैलीका कारण उत्पन्न वितृष्णालाई बहाना बनाएर सङ्घीयतालाई नै जोखिममा पार्ने खेल भइरहेको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)