युगीन शर्माको अन्तर्राष्ट्रिय फाइटमा सानदार जित
barnanmedia.com · Sun Sep 13 23:14:18 GMT 2026
नेपाली फाइट खेलाडी युगीन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित ‘कर्मा फाइट लिग-९’ मा भारतकी खुसी सिंहलाई पराजित गर्दै अन्तर्राष्ट्रिय फाइटमा नेपाललाई जित दिलाउनुभएको छ । नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा युगीनले उत्कृष्ट प्रदर्शन गर्दै खुसीमाथि जित हात पार्नुभएको हो । उहाँले आत्मविश्वास, साहस र दृढताका साथ प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीको क्षमता प्रस्तुत गर्नुभयो ।
विदेशी भूमिमा नेपालका लागि प्रतिस्पर्धा गर्दै हासिल गरेको युगीनको यो सफलतालाई नेपाली खेलकुदका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । उहाँको जितसँगै अन्तर्राष्ट्रिय फाइटको मञ्चमा नेपालको उपस्थिति थप बलियो बनेको छ ।
Read full story at source (barnanmedia.com)