मित्रता कि शत्रुता? बालेनको विदेशनीति र बदलिँदो विश्वव्यवस्था
barnanmedia.com · Sun Sep 13 23:30:58 GMT 2026

नयाँ दिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले एउटा महत्त्वपूर्ण दृश्य देखायो- भारत र चीनबीच गहिरो रणनीतिक प्रतिस्पर्धा हुँदाहुँदै पनि दुवै देश एउटै मञ्चमा बसेर संवाद गरिरहेका छन् । अझ रोचक कुरा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बन्ध सुधार गर्दै मतभेदलाई विवादमा परिणत हुन नदिने विषयमा समेत छलफल गरे ।
ब्रिक्स अब केवल पाँच देशको आर्थिक क्लब रहेन । ब्रिक्सलाई चीन–रूसले पश्चिमविरुद्ध बनाएको कुनै सैनिक गठबन्धन ठान्नु भूल हुनेछ । तर यसलाई सामान्य आर्थिक क्लब भनेर बेवास्ता गर्नु पनि अर्को भूल हो । यसको विस्तारसँगै विश्व अर्थतन्त्र, जनसंख्या, ऊर्जा, व्यापार र विकासशील मुलुकहरूको ठूलो हिस्सा एउटै राजनीतिक–आर्थिक संवादको घेराभित्र आएको छ । विश्व अब एउटा केन्द्रबाट चल्दैन भन्ने सन्देश ब्रिक्सको विस्तारले दिएको छ। नयाँ दिल्ली घोषणाले एकतर्फी प्रतिबन्ध, व्यापार अवरोध र शक्ति-केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थामाथि प्रश्न उठाउँदै बहुध्रुवीय विश्वव्यवस्थाको पक्षमा आवाज उठाएको छ ।
Read full story at source (barnanmedia.com)