तीन वर्षपछि पक्राउ परेका फरार कैदी जेल चलान
kendrabindu.com · Sat Jun 06 00:44:27 GMT 2026

बारा । भारतीय नागरिक अजित सिंहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि शुक्रबार वीरगन्ज कारागार चलान गरेको छ । उनीमाथि तीन वर्षअघि नेपाल-भारत सीमावर्ती पचरौता नगरपालिका-६ पकडीयामा भारतीय नागरिक सिंहको हत्या गरेको आरोप छ ।
१ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको आदेशबाट भारतीय नागरिक रंजित मुखिया थुनामा गएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले बताए । श्रीमतीको मिलेमतोमा भारतीय नागरिक सिंहको २०८० असोज ९ मा हत्या भएको थियो ।
Read full story at source (kendrabindu.com)