सगरमाथा दिवसमा हिमाल संरक्षणको चिन्ता : ‘सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो’
ratopati.com · Fri May 29 05:25:43 GMT 2026

काठमाडौँ । ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले सगरमाथा केवल विजय गर्ने शिखर नभई मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताए ।
Read full story at source (ratopati.com)