हालान्डको विवादास्पद गोलमा म्यानचेस्टर सिटी विजयी
kendrabindu.com · Mon Sep 14 00:40:36 GMT 2026
काठमाडौं । इर्लिङ हालान्डको एक मात्र गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको छ र नयाँ सिजन आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ । यससँगै आर्सनल र सिटी दुवैले चार खेलबाट अधिक्तम १२ अंक बटुलेका छन् ।
सिटीले दस खेलाडीमा सीमित रहेर यो जित निकालेको हो । फिल फोडेन २३ औं मिनेटमा सिधा रातो कार्डमा मैदान छाड्न बाध्य रहे । तर हालान्डले ६० औं मिनेटमा गरेको गोल आफैमा विवादास्पद रह्यो र त्यसले मान्यता पाउनु युनाइटेडका लागि दुर्भाग्य रह्यो ।
Read full story at source (kendrabindu.com)