बाढीले क्षतिग्रस्त बनेको १८ औं दिनमा फेरि सञ्चालनमा आयो धादिङको जहरे सबस्टेसन
clickmandu.com · Mon Sep 14 00:43:14 GMT 2026

धादिङ । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त भएको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ । गत भदौ १० गते आएको बाढीले जहरेखेतस्थित सबस्टेसन करिब ६ देखि १० फिटसम्म डुबानमा पारेको थियो, जसका कारण उपकरण तथा अन्य संरचनामा क्षति पुगेर विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।
बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको शीघ्र मर्मत तथा सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तत्काल परिचालन गरेको थियो ।
Read full story at source (clickmandu.com)