काठमाडौंमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
corporatenepal.com · Sat Jun 06 00:48:52 GMT 2026

काठमाडौं । काठमाडौंमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले फलामको रड प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका हुन् ।
उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घरायसी विवादका कारण हत्या गरेको उनले प्रारम्भिक बयानमा बताएका छन् । मृतक ४२ वर्षीया ईश्वरी भुजेल हुन् । भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (corporatenepal.com)