१० वटा ठेक्का रद्द, कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइयो
ratopati.com · Mon Sep 14 00:46:01 GMT 2026

बैतडी । सडक डिभिजन कार्यालय बैतडीले विभिन्न सडक आयोजनाका १० वटा ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गर्दै ‘तोकिएको म्याद समाप्त भइसकेको’ तर निर्माण तथा मर्मत कार्य सम्पन्न नभएको जनाएको छ। निर्माण कार्य अलपत्र पार्ने र सम्झौताको पालना नगर्ने प्रवृत्ति बढेपछि डिभिजनले यस्तो कडा कदम चालेको हो।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ र ठेक्का सम्झौताको साधारण सर्त (जीसीसी) बमोजिम ती ठेक्काहरू तोडिएको हो। सम्झौता रद्द गरिएका निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्न सिफारिस गरिनेछ। यसका साथै ऐनको दफा ५९ को उपदफा ८ अनुसार कार्यसम्पादन जमानत, धरौटी रकम र बाँकी रहेको पेस्की बापतको जमानत जफत हुनेछ।
Read full story at source (ratopati.com)