सैनिक मञ्चमा हर्षोल्लासका साथ १९औँ गणतन्त्र दिवस मनाइयो (तस्बिरमा हेर्नुस्)
nagariknews.nagariknetwork.com · Fri May 29 06:10:40 GMT 2026

मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै सैनिक मञ्च टुँडिखेलमा भव्य कार्यक्रमका बिच १९औँ गणतन्त्र दिवस २०८३ मनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा राज्यका उच्च पदस्थ अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले विशेष सलामी अर्पण गरेको थियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो। राष्ट्रको सुख, समृद्धि र शान्तिको कामना गर्दै आकाशमा राष्ट्रिय झण्डा फहराइनुका साथै शान्तिका दूत परेवाहरू उडाइएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)