कृष्णभीरमा तीन दिनभित्र नियमित सवारी चलाइने, नयाँ ट्याकको परीक्षण सफल, आजदेखि ग्राभल बिछ्याउने
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको सफल परीक्षण गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो ।
परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उनले जानकारी दिए । उनले निरन्तर काम गरेर आइतबार नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताए ।
Read full story at source (hamrakura.com)