हाट बजारले बदल्दै ग्रामीण अर्थतन्त्र, १८४ हप्तादेखि निरन्तर चल्दै
corporatenepal.com · Mon Sep 14 01:01:57 GMT 2026

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ । हाटबजार किसानका उत्पादन सहजरूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ । विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार अहिले स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।
हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ । गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि लिएर हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि ल्याइन्छन् । स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँ विशेष आकर्षण बन्ने गरेका छन् ।
Read full story at source (corporatenepal.com)