इरान र खाडी देशबीचको उच्चस्तरीय बैठक स्थगित
lokaantar.com

फारसको खाडीका देशहरू र इरानबीच होर्मुज जलमार्गको प्रस्तावसम्बन्धी हुने भनिएको उच्चस्तरीय बैठक स्थगित भएको छ । ओमानका विदेशमन्त्री सइद बद्र अल्बुसादीले आइतबार राति सामाजिक सञ्जालमार्फत सोमबारका लागि तय गरिएको क्षेत्रीय बैठक स्थगित गरिएको जानकारी दिए ।
इरानको फार्स समाचार एजेन्सीका अनुसार केही क्षेत्रीय देशहरूको आग्रहमा तेहरान र मस्कटको संयुक्त निर्णयबमोजिम बैठक स्थगित गरिएको हो । इरानले ओमानसँग समन्वय गरी बैठकका लागि उपयुक्त मिति पछि तय गर्ने जनाएको छ।
Read full story at source (lokaantar.com)