अफगानिस्तानमाथि भारतको सहज जित
arthasansar.com · Mon Sep 14 01:14:41 GMT 2026
भारतले अफगानिस्थानमाथि सहज जित निकालेको छ । गए राति भएको खेलमा भारत ७ विकेटले विजयी भएको हो ।
ओपनर अभिषेक शर्माको विस्फोटक ब्याटिङमा भारतले सहज जित निकाल्दै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर १३.४ ओभरमा पुरा गर्यो । भारतको जितमा अभिषेकले ३२ बलमा ८२ रनको पारी खेले । उनले समान ७ चौका र छक्का प्रहार गरे । त्यस्तै इशान किशनले पनि ४२ रन बनाए । अफगानिस्तानका मोहमद नाबिले २ विकेट लिए ।
Read full story at source (arthasansar.com)