आज हरितालिका तीज, पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, चारै ढोका खुला
arthasansar.com · Mon Sep 14 01:12:05 GMT 2026

आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन् । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको १ नं ढोकाअघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यावस्था गरिएको छ ।
Read full story at source (arthasansar.com)