इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स
gorkhapatraonline.com · Fri May 29 06:34:06 GMT 2026

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबिचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्ने छ ।
मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै भान्सले हालसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले अन्तिम सहमति भएमा हर्मुज जलघाँटी पुनः खुल्ने, इरानको परम्परागत सैन्य संरचनामा गम्भीर असर पर्ने र आणविक कार्यक्रममाथि उल्लेखनीय नियन्त्रण सम्भव हुने बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)