खुल्यो कृष्णभिर, पृथ्वी राजमार्ग सञ्चालन
gorkhapatraonline.com · Mon Sep 14 01:31:09 GMT 2026

कृष्णभिरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग १० औँ दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ । भासिएको राजमार्गलाई सँगै रहेको भिरमा ‘डाइभर्सन’ गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
पृथ्वी राजमार्ग नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई कृष्णभिर पार गराइएको बताउनुभयो । “राजमार्गमा अड्किएका एलपी ग्यासका बुलेट, मालवाहक ट्रक र साना सवारीसाधनलाई आज पार गराइएको छ,” उहाँले भन्नुभयो । अत्यावश्यक सवारीसाधन सोमबार पनि सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)