एक सय तीन जनाको शव आफन्तलाई बुझाइयो
gorkhapatraonline.com · Mon Sep 14 01:39:48 GMT 2026

भदौ १० गतेको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेमध्ये १०३ जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको छ । मृतकमध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका १०३ वटा शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको हो ।
अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए । ती शव चितवन, काठमाडौँ, पाल्पा, नवलपरासीलगायतका जिल्लामा जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन सुरु गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले हालसम्म फेला परेका शवमध्ये पहिचान भएका शव १०३ वटा मात्रै आफन्तलाई बुझाइएको बताउनुभयो । पहिचान खुल्न नसकेका शवको नमुना सङ्कलन गरेर डिएनए परीक्षणका क्रममा रहेका छन् । हालसम्म मृतकबाट १२८६ र आफन्तबाट १७७९ गरी ३०६५ नमुना सङ्कलन गरिसकिएको छ ।
Read full story at source (gorkhapatraonline.com)