यसपटक तीज गीतमा जलवायु न्यायको स्वर
annapurnapost.com · Mon Sep 14 01:25:55 GMT 2026

समयले तीज गीतमा अब नयाँ तर महत्त्वपूर्ण विषयको माग गरिरहेको छ, जलवायु न्याय। प्रकृतिको पीडा, प्रभावित समुदायको आवाज र बदलिँदो मौसमसँगै बदलिनुपर्ने हाम्रो चेतना तीजको गीत बनेर आउनुपर्ने भएको छ। आज प्रकृति पहिलेभन्दा अस्थिर देखिन्छ। अनियमित वर्षा, अत्यधिक गर्मी, खडेरी, बाढी, पहिरो, हिमताल विस्फोटको जोखिम, हिमनदी पग्लिनु, कृषि उत्पादनमा परिवर्तन र पानीका स्रोतमा भइरहेको असरले हाम्रो दैनिक जीवनलाई प्रभावित गरिरहेको छ।
नेपालजस्तो हिमाल, पहाड र तराईको विविध भूगोल भएको देशमा जलवायु परिवर्तनको असर अझ गम्भीर रूपमा देखा पर्न सक्छ। भर्खरैको रसुवा–भोटेकोशी हिउँ बाढीको बितण्डा र यसले पुर्याएको क्षतिले त झन् यस्तो अवस्थामा तीजको गीतले केवल नाच्न र रमाउनमात्र बोलाउने होइन, प्रकृतिको आवाज पनि बोल्नुपर्छ भन्ने प्रस्ट पारेको छ।
Read full story at source (annapurnapost.com)