तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
gorkhapatraonline.com · Mon Sep 14 01:47:58 GMT 2026

तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । ट्रक दुर्घटना हुँदा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय अजय थिङको मृत्यु भएको हो ।
डुम्रेबाट दमौली जाँदै गरेको ना ६ ख ४७ नम्बरको ट्रक पृथ्वी राजमार्गमा आइतबार अनियन्त्रित भई पल्टिँदा चालक थिङ गम्भीर घाइते हुनुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)