कुन्ख्येन फालक ताल : तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा
nepalviews.com · Mon Sep 14 01:46:26 GMT 2026

सुर्खेत । हिमालको काखमा लुकेको एउटा ताल । वरिपरि सेता हिमाल, नीलो आकाश र मानव बस्तीबाट टाढाको शान्त वातावरण । प्राकृतिक सौन्दर्यले भरिएको कुन्ख्येन फालक ताल अहिले अध्ययन, अनुसन्धान र पर्यटन प्रवर्द्धनको पर्खाइमा छ ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–६ फालगाउँमा रहेको यो ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको स्थानीय जनप्रतिनिधिको दाबी छ । स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीले जीपीएस उपकरणमार्फत गरेको प्रारम्भिक मापनका आधारमा उक्त उचाइ दाबी गरिएको हो । तर यसको उचाइ र नेपालकै सबैभन्दा अग्लोस्थानमा भएको तालका विषयमा सम्बन्धित सरकारी निकायबाट हालसम्म औपचारिक प्रमाणीकरण भएको छैन ।
Read full story at source (nepalviews.com)