कच्चा तेलको मूल्य घट्यो
nepalnews.com · Mon Jun 22 02:50:52 GMT 2026

काठमाण्डौ। सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। आज ब्रेन्ट क्रुडको मूल्य १.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.२५ डलरमा सीमित बनेको छ, भने कारोबार सुरु हुँदा यो ८२.३० डलरसम्म पुगेको थियो। यता डब्लूटीआई क्रुडको मूल्य पनि ०.४४ प्रतिशतले घटेर प्रतिब्यारेल ७५.५२ डलरमा झरेको छ।
इरानले हर्मुज जलमार्ग पुनः बन्द गरेको घोषणा गरेपछि जहाज आवागमनमा उल्लेखनीय गिरावट आएको जनाइएको छ। यसले विश्वको करिब एक–पाँचौँ तेल आपूर्ति प्रभावित हुने चिन्ता बढाएको छ।
Read full story at source (nepalnews.com)