कोशीटप्पुमा ११ महिनामा ९ हजार नेपाली पर्यटकले गरे आरक्ष भ्रमण
himalpress.com · Mon Jun 22 02:51:09 GMT 2026

सुनसरी- अर्नाको राजधानी र चराको स्वर्ग मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन्। आरक्ष प्रशासनका अनुसार पछिल्लो समय यस क्षेत्रमा विदेशीको तुलनामा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको छ।
आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये नौ हजार ७० जना नेपाली रहेका छन्, जसमा चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष रहेका छन्। त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकबाट तीन जना महिला र २२ जना पुरुष गरेर कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन्। सार्क मुलुकबाहेकका अन्य विदेशी मुलुकबाट ४४ जना महिला र १०३ जना पुरुष गरी १४७ जना पर्यटक आरक्षको अवलोकनका लागि आएका छन्।
Read full story at source (himalpress.com)