मिथिलाञ्चलमा आज चौठ चन्द्र पर्व मनाइँदै
nepalviews.com · Mon Sep 14 02:03:02 GMT 2026

जनकपुर । मिथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज जनकपुरधामसहित मधेश प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ ।
चौरचन पर्व मुख्यगरी घरका महिलाहरूले निराहार व्रत बसेर मनाउँछन्। दिनभरि व्रतालुहरू शुद्धताका साथ घरमा दही, खिर, पुरी, ठेकुवा, भुजिया, र विविध मिठाईहरू तयार पार्छन् । माटाका नयाँ भाँडाहरू (मटका)मा जमाइएको मिठो दही यस पर्वको मुख्य आकर्षण हो ।
Read full story at source (nepalviews.com)