दुई पार्टीबीच एकता, देशको बलियो वैकल्पिक शक्ति बन्ने कुलमानको दाबी [भिडियो]
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक विशेष कार्यक्रमका बिच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरेका हुन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरे।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि सफलतापूर्वक एकता गरिसकेको छ। अध्यक्ष घिसिङका अनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा रहेका छन्।
Read full story at source (hamrakura.com)