पशुपतिमा सशस्त्र प्रहरी बलको सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा
nepalnews.com · Mon Sep 14 02:12:37 GMT 2026

काठमाडौँ। हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी र सुरक्षा प्रदान गरेको छ । यसका लागि सशस्त्र प्रहरीले ८ सय जनशक्ति परिचालन गरेको छ ।
आज बिहान २ बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्तिसुरक्षा, स्वास्थ्य लगायतको लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्ससहितको मेडिकल टिम परिचालन भएको छ ।
Read full story at source (nepalnews.com)